लाइसेन्स लिन आजदेखि नयाँ प्रणाली लागू हुने

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ।

विभागले सोमबार साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू हुने जाएको छ । नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

१५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुने व्यवस्था विभागले गरेको छ । यस्तै कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको र हालसम्म आवेदन दिएका निवेदन रद्द हुनेछ ।

नयाँ अनुमति पत्र लिने तथा  वर्ग थप गर्नका लागि नयाँ प्रणालीबाट काम हुने भए पनि वर्ग थपका लागि भने अर्को हप्ताको सोमबारदेखि आवेदन दिन सक्ने पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया