
तानसेन। पाल्पामा आजदेखि नापतौल सम्बन्धि यन्त्रहरु जाँच गरिने भएको छ । आजदेखि २१ गते शनिबारसम्म जिल्लाका विभिन्न स्थानमा नापतौल सम्बन्धि यन्त्रहरुको जाँच हुने भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघले उक्त समयमा जिल्लाका उद्यमी व्यापारीहरुलाई आफ्नो नापतौल सम्बन्धि यन्त्रहरु जाँच गराउन अनुरोध गरेको छ ।
उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलबाट आउने टोलीले नापतौल यन्त्रको जाँच गर्न लागेको हो ।
पाल्पा उद्योग वाणिज्य संघकाे सभाहलमा मंगरबार र बुधबार जाँच हुने छ ।
त्यसपछि क्रमशः बिहीबार ताहुँ बजार र आर्यभञ्ज्याङ बजार, जेठ २० गते शुक्रबार हार्थोक, अर्गली र बतासे बजार तथा जेठ २१ गते शनिबार बर्तुङ, प्रभास, बास्टारी र सराई बजारमा नापताैलकाे जाँच गरिने पनि उद्योग वाणिज्य संघले जनाएको छ ।
व्यापारीहरुले प्रयोग गरिरहेको नापतौल यन्त्रहरु नयाँ दर्ता र पुनः जाँच हुने उद्योग वाणिज्य संघले जनाएको छ ।