तानसेन नगर कार्यपालिकामा ८ सदस्य निर्वाचित

तानसेन। पाल्पाको तानसेन नगरपालिकाको कार्यपालिकाका लागि ८ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन अन्तरगत पाचँ वर्षे कार्यकालका गठबन्धन दलबाट निर्विरोध रुपमा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पुजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक तथा नेकपा एकिकृत समाजवादीका तर्फबाट संजय घले रहेका छन् ।

२४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, नेकपा एमाले बाट ४ जना र नेकपा एकिकृत समाजवादीबाट १ जना रहेका छन् ।

निर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया