पाल्पा । गाम्रीण भेगमा अझै पनि जातीय छुवाछूत तथा भेदभावजन्य हिंसा नरोकिएको बताइएको छ । तर, नेपालको संविधानले जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन भनेको छ । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा जातीय भेदभावजन्य हिंसा रोकिएको छैन ।
नेपाल संविधान २०७२ ले कुनै पनि व्यक्तिलाई जातका आधारमा भेदभावजन्य व्यवहार गर्न नपाइने भनिएको छ । तर, पाल्पामा दलितहरु सार्वजनिक मन्दिरमा प्रवेश गरी पुजा गर्न, फसाद चढाउन सकेको स्थिति छैन । जातीयताकै कारण मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितहरुले दुखेसो छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, तालपोखराको यो शिवमन्दिर हो । यो मन्दिर पुर्ननिर्माण गरी ठूलो र व्यवस्थित गर्न थालिएको छ । प्रत्येक शनिबार र आइतबार पुजाआराधना गरिने मन्दिरमा शिवरात्री लगायतका पर्वमा विशेष पुजा हँुदै आएको छ ।
मन्दिरमा पुजाआज गर्न थालेसँग यहाँका दलित समुदायमा उत्साह हुँदैन, कति बेला अपमान सहनुपर्ने भन्ने पिरोलो हुन्छ, यस्ता चाडपर्व तथा शुभकार्यमा जातीय भेदभावजन्य दुव्यवहारले त्रसिएका छन् । विगतका वर्षहरुमा मन्दिरमा दुध, हलुवा तथा प्रसाद मन्दिरमा चढाएपनि दलित जातिको भनी फिर्ता गरिदिदा यहाँका दलितहरु जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकोमा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टिका र प्रसाद टाडाबाट नै दिने गरेको स्थानीय सीता विकले बताए ।
मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम संकलन गरी मन्दिर निर्माण गर्न थालिएको छ । ५ हजार पैसा उठाएर छोराले मन्दिरमा आमाबुबाको फोटो राख्न खोजेपनि जातीयताकै कारण नपाएकोमा दुखेसो छ । मन्दिर तथा अन्य सार्वजनिक स्थलमा दलितहरु माथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताए ।
दलित समुदायले मन्दिर आफुहरुको फुल प्रसादहरु पुजारीले फिर्ता गरिदिएको आरोप पनि छ । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरुले निवेदन दिएपनि सुनुवाई हुन सकेको छैन ।
“दलितले ल्याएका फुलप्रसाद, दुध मन्दिरमा चढाएका छौं । आफुले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको छ,”सोही मन्दिरका पूजारी छवीलाल पन्थीले भने, दलितले कहिले पनि दुध नल्याएको भनेर मन्दिरका पुजारीले हाँसेर उडाएका थिए ।
पाल्पामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । गैर दलित समुदायका मानिसहरुमा रुढीवाढी तथा अन्धविश्वास नहटेपछि छुवाछूत कायमै रहेको हो । अन्तरजातीय विवाह गर्ने जोडीहरु घरमाइतबाट बञ्चित छन् । सार्वजनिक धाराकुवा, मठमन्दिरमा दलित प्रवेश गरी पुजा गर्नबाट अझै पनि बञ्चित रहेका छन् । दलित तथा गैरदलितहरुलाई जागरुप बनाउदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीय सुनिल नेपालीको माग छ ।
कहाँ कहाँ छुवाछूत ?
पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रमा अझै पनि जात आधारमा छ । विवाह संस्कार, न्वारन, मृत्यु संस्कार, मठ मन्दिरमा पनि जातीय छुवाछूत रहेको पाइन्छ । सार्वजनिक धारा तथा कुवाहरुमा अझै विभेद रहेको अधिकारकर्मीको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मानजनक व्यवहार नगरेको समयसमयमा चर्चा हुँदै आएको छ ।
दण्ड सजायको व्यवस्था के छ ?
जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ को पहिलो संशोधनमा तीन महिना देखि तीन वर्षसम्म कैद र पचास हजार देखि दुई लाख रुपैयाँसम्म जरीवनाको व्यवस्था गरेको छ ।