फेरि बढ्यो पेट्राेलियम पर्दाथकाे मूल्य

काठमाडाैं।नेपाल आयल निगमले पेट्राेलियम पर्दाथकाे  मूल्य बढाएको छ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ ।  यस्तै निगम डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढाएको छ।

यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ  पुगेको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको निगमका सहप्रवक्ता पुष्कर कार्कीद्वरा  जारी  विज्ञप्तिमा उल्लेख छ ।

यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको जनाएकाे छ ।

हाललाई एलपी ग्यास तथा हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएकाे छ ।

हेर्नुहाेस् निगमले जारी गरेकाे विज्ञप्तिः

तपाईको प्रतिक्रिया