
तानसेन। पाल्पामा जबरजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाईृ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया महिलालाई करणीको प्रयास गर्ने तानसेन १२ का २६ वर्षीय राजु विकलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
विकले बिहानको समयमा बाटो नजिकै जबरजस्ती करणीको प्रयास गरेपछि महिलाले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
सूचना अधिकारी थापाका अनुसार पक्राउ पर्ने विकलाई म्याद थप गरी जबरजस्ती करणी उद्योग मुद्दा अघि बढेको छ ।