ललितपुर । स्वच्छ व्यवसायी समूह नेपालले शनिबार ललितपुरस्थित याक प्लेसमा एक दिने व्यापार प्रदर्शनी मेला सम्पन्न गरेको छ । हरेक वर्ष मे महिनाको दोस्रो शनिवार मनाईने बिश्व स्वच्छ व्यवसाय दिवसको सन्र्दभमा व्यापार प्रदर्शनी मेला आयोजना गरिएको हो ।
प्रर्दशनी मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने प्रदर्शनी मेलाले व्यवसायीलाई हौसला थप्ने बताइन ।
उनले महानगरपालिकाले सधै कला, संस्कृति र स्थानीय उत्पादनलाई संरक्षण र प्रर्वद्धन गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाइन । उनले भनिन “अब ललितपुर महानगरपालिकाले स्थानीय तहमा उत्पानदन भएका कपडा प्रयोग गरि कर्मचारीहरुको पोसाक, स्थानीय उत्पालन भएका सामग्रीहरु प्रयोग गर्ने छौ ।” उपप्रमुख बज्राचार्यले नेपालमा विदेशी सामग्रीहरुको प्रयोग गर्ने बानीको विकास भएकाले त्यसलाई निरुत्साहित गर्न स्थानीय तहबाटै शुरु गर्नुपर्ने भनाई छ ।
स्वच्छ व्यवसायी समुह नेपालले स्वच्छ व्यापार, स्थानीय प्रवद्धन, स्थानीय सामग्रीको उपभोग, कला, संस्कृतीको संरक्षण गर्ने उदेश्यले देशभरका ३२ समुहहरुसंग काम गर्दै आएको छ । बिगत २ वर्ष कोभिड माहामारीले थलिएका व्यवसायिलाई हौसला दिन, काममा थप उत्साह थप्न र प्रचार, प्रसारको लागि एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरेको स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष शुनिल चित्रकारले बताए ।
प्रर्दशनी मेलामा कुमाल समुदायले उत्पादन गर्ने माटोका भाडाहरु, थारु समुदायले उत्पादन हस्तकलाका सामग्रीहरु, गलैचा कसरी उत्पादन गरिन्छ भनेर प्रत्यक्ष देखाईएको थियो । त्यस्तै बिभिन्न हस्तकलाबाट उत्पादन भएका सजावटका सामग्रीहरु, स्थानीय तहमा उत्पादन भएका चिया, कफी,मह, खाद्यान्न, अचार, कपडा, झोला, व्याग आदि राखिएको थियो । स्वच्छ व्यवसाय समुह नेपालले स्वदेश उत्पादनलाई बिभिन्न एक दर्जन बढी अन्तर्राष्ट्रिय बजारहरुमा समेत पु¥याउदै आएको छ ।





















