दारी ग्याङ पाल्पाको प्रथम अधिवेशन सम्पन्न

तानसेन। दारी ग्याङ पाल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।  तानसेनमा सम्पन्न भएको अधिवेशनबाट रमेश गैरेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सौरभ सापकोटा, सचिवमा सुमन गैरे, सह सचिवमा विष्णु घिमिरे र कोषाध्यक्षमा निर्मल भण्डारी रहेका छन् ।

कार्यक्रममा दारी ग्याङका केन्द्रीय सदस्यहरुको समेत उपस्थिती रहेको थियो । दारी ग्याङले सिर्जनसिल र सामाजिक कार्यमा सहयोगर सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

यसअघि तदर्थ समिति गठन भएकोमा यो संस्थाले जिल्लाका दशैं स्थानीय तहसंग सहकार्य गरेर आफ्ना गतिविधि संचालन गजर्ने योजनाका साथ अघि बढ्ने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer