तानसेन। प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ। चौतारीले जिल्ला सदरमकाम तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उप प्रमुख तथा ६ वटा स्थानीय तहका अध्यक्ष, ५ स्थानीय तहका उपाध्यक्षसहितका जनप्रतिनिधिलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे(ज्ञवाली), बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरीप्रसाद पाठक, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्ष विष्णु कुमारी लुङ्चे, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ रहेका छन् ।

यस्तै प्रेस चौतारीको सदस्य रहेर निर्वाचित तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सोमनाथ अर्याल, तानसेन कै वडा नंं ९ अध्यक्ष राजेश कुमार अर्याल, बगनासकाली वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश गैरे, बगनासकाली कार्यपालिका सदस्य गिता रेग्मी, पुर्वखोला गाउँपालिकाका भुवन सिंह सिंजालीलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिलाई नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीलगायतले सम्मान गरेको हुन् ।

सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला इन्चार्ज ठाकुर गैरेले जनता समक्ष गरेका प्रतिबद्धता पूरा गर्नेगरि ५ वर्ष भित्र काम गर्न आग्रह गगरे । उनले विकास निर्माणसंगै कानूनी राज्य स्थापना गर्ने, भष्ट्राचाररहित, सुशासन युक्त जिल्ला बनाउन, बसाईसराइ रोक्न तथा उत्पादन र रोजगारी बढाउने गरी काम गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।

देशमा अहिले डरलाग्दो गरी विदेशी हस्तक्षेप बढ्दै गएको, मुलुकमा अन्याय, अत्याचार, भष्टा«चार, महङ्गी बढेको हुँदा त्यसतर्फ ध्यान दिएर स्वदेशमा आत्मनिर्भर हुनेगरी काम गर्न पनि नेता गैरेले आग्रह गरे ।


कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पामा पहिलो पार्टी भई जनताको सेवामा जुटेको बताए । उनले जिल्ला समन्वयसहित ६ पालिका प्रमुख र ५ वटा उप प्रमुखमा विजयी भएका जनतप्रतिनिधिलाई जनताको चाहाना अनुसार काम गर्न अनुरोध गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ, प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, वरिष्ट पत्रकार मेघराज शर्मा तथा स्थानीय तहका प्रतिनिधिहरुले जनमुखि काम गर्न आफूहरु तयार रहेको र पत्रकार तथा जनप्रतिनिधि बीचको समबन्ध बढाएर जनता माझ आफ्ना कार्यक्रम लैजान तथा जनताको गुनासो सम्बोधन गर्न सहज हुने भनाई रहेका थिए ।

शाखाका अध्यक्ष कृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष बन्दना पोखरेल  तथा संचालन संथाका सचिव नारायण न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया