तानसेन । पाल्पाका स्थानीय तहले छ अर्वबढीले बजेट सार्र्वजनिक गरेका छन् ।
हालै सम्पन्न नगर र गाउँसभाबाट जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ६ अर्व,४५ करोड, १३ करोड,२८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
बजेट अनुसार सबैभन्दा धेरै तानसेन नगरपालिकाले एक अर्व ३९ करोड १८ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
तानसेनको बजेटमा चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९४२ तथा पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन भएको छ ।
यस्तै रामपुर नगरपालिकाले ७२ करोड, ४७ लाख ९५ हजार बराबरको बजेट विनियोजन गरेको छ । यस्तै निस्दी गाउँपालिकाको ६४ करोड, ९८ लाख, २५ हजार, पूर्वखोलाको ४८ करोड, १७ लाख, ७४ हजार, रम्भाको ५० करोड, २९ लाख, ८३ हजार र तिनाउ गाउँपालिकाको ४८ करोड २० लाख ९१ हजार बराबरको बजेट सार्वजनिक भएको छ ।
यस्तै बगनासकाली गाउँपालिकाले ५० करोड १८ लाख २३ हजार, माथागढीले ५७ करोड,७४ लाख, ९४ हजार, रैनादेवी छहराले ६३ करोड, ६९ लाख, २५ हजार, तथा रिब्दीकोटकी गाउँपालिकाले ५१ करोड, २४ लाख, २५ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
उप प्रमुख तथा उपाध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य,पर्यटन, भौतिक पूर्वाधार निर्माणलगायतका विषयलाई प्राथमिकतामा राखेका छन् ।
यस्तै सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सथानीय तहहरुले जनाएका छन् ।

