बगनासकालीका ६ कर्मचारी नगदसहित सम्मानित

तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । पालिकाले ११ औं गाउँसभाको अवसरमा ६ जना उत्कृष्ट कर्मचारी सममान गरेको हो।

गाउँसभामा पालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकामा विभिन्न क्षेत्रमा वर्षभरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा वडा नं. ५ दर्लमडाडाँका वडा सचिव गोपाल प्रसाद न्यौपाने, दर्लमडाडाँ स्वास्थ्य चौकीका प्रमुख, रेस्मीराज न्यौपाने, गाउँपालिका लेखापाल देवी प्रसाद अर्याल, महिला विकास शाखामा कार्यरत धन कुमारी राना, अ.सव इन्जिनियर अरुण श्रेष्ठ तथा आर्यभञ्याङ्ग स्वास्थ्य चौकीमा कार्यरत शसिकला रेग्मी रहेका छन् ।

उनीहरु जनही सात हजारका रुपैंया नगदसहित सम्मनित भएका हुन् ।

गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई कार्यसम्पादनका आधारमा पुरस्कृत गर्दै आएको हुँदा कर्मचारीको मनोवल बढाउन यसलाई निरन्तरता दिइने पालिका अध्यक्ष चिदीले बताइन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको