काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर गरि कार्यविभाजन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेकी हुन्।
कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बेनेका छन्।
त्यसैगरी मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाएका छन्। हेरफेर हुने मन्त्रीहरू एकीकृत समाजवादीका रहेका छन् ।
मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन । नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।