पाल्पामा बालिका करणी गर्ने पुरुष पक्राउ

तानसेन। पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरेका ३१ वर्षीय भक्तबहादुर झेडी रहेको प्रहरीले जनाएको छ ।

गत असार ७ गते बेलुका बालिकालाई ठिमुरेस्थित वाङ्सुरुङ् सामुदायिक वनको जङ्गलमा लगेर जबरजस्ती करणी गरेको निवेदनका आधारमा निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

पीडित बालिकाको आमा प्रहरीमा उजुरी दिएकी थिइन् । सोही अभधारमा निजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको