तानसेन। पाल्पामा एक युवक मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका १० का २२ वर्षीय नरेश कुवंर पाल्पास्थित तिनाउ गाउँपालिका वडा नं. ६ बाह्रसिंहेमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी मंगरबार बिहान खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतको शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

