राष्ट्रिय धान दिवस आज मनाइँदै

पाल्पा। आज १५ असार अर्थात १९ औं राष्ट्रिय धान दिवस, आज देशभर यो दिवस मनाइँदै छ ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर आजका दिन रोपाइँ गर्ने, हिलोमा खेल्ने तथा दहीच्युरा खाने प्रचलन रहि आएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपाल पनि सोही वर्षको मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय भएअनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको थियो ।

आजका दिन किसानका लागि मानो रोपरेर मुरी फलाउने दिन पनि मानिने हुँदा असारे भाका गाउँदै, हिलो छ्यापाछ्याप गर्ने चलन पनि रहेको छ ।

यस्तै आज पाल्पाको पूर्वखोला गाउँपालिकामा पनि धान दिवस मनाउने तयारी भएको छ । स्थानीय सरकर र कृषि ज्ञान केन्द्रको संयुक्त पहलमा रिङ्नेरह फाटँमा धान दिवस मनाउने तयारी भएको कृषि ज्ञान केन्द्र पालपाले जनाएको छ ।

यस्तै असार १५ लाई नेपालीहरुले दहीच्यूरा खाने दिनका रुपमा पनि मनाउदै आएका छन् । आज देशभर कृषिदहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको