वर्षासंगै ठाउँ-ठाउँमा पहिरो, सिद्धार्थ राजमार्ग र अन्य सडकहरु बन्द

तानसेन। गए रातिदेखि परेको अविरल वर्षासंगै ठाउँठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएको छ । सो राजमार्गको राम्दीदेखि चिडियाखोलासम्म दर्जन बढी स्थानमा ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सो राजमार्गको अगाहाँखोला, पिपलडाडाँ, चर्चरे, हिउँदेखोला, २४ माइल,कालीमाटी, पानी मिल, सिद्धबाबालगायतका स्थानमा पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी रबी शाहले बताए।

यस्तै तानसेन तम्घास सडक खण्डको जोर्ते क्षेत्रमा पनि पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । अहिले पनि पानी परेका पहिरो पन्छाउन समस्या भएके सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजनबाट डोजर र स्काभेटर पहिरो गएका स्थान नजिकै राखिएको र पानी पर्न कम भएपछि एकतफी रुपमा सडक खुलाउने प्रयास हुने बताइएको छ ।

सडक अवरुद्ध हुँदा पहाड र तराईबीचको यात्रामा जुटेका यात्रुहरु अलपत्र परेका छन् ।

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड ढंगासहितको पहिरोका कारण हिजो पनि अवरुद्ध भएको थियो । यस्तै तानसेन रापुर सडक खण्ड पनि पहिरोले बन्द भएको ढ्सडक डिभिजन पाल्पाले जनाएको छ ।

उता पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ स्थित एक पसल वर्षासंगैको पानीले बगाएको छ । कम्प्युटर फोटोकपी मेसिनसहितको पल बगाएको बताइएको छ ।

यस्तै जिल्लाका अन्य स्थानको क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया