तानसेन।जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ८ का २० वर्षीय होमबहादुर रोका मगर रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट डाइजेपाम ३ एम्पुल, फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल गरी ११ एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार पक्राउ परेका मगरको साथी अथार्त मंगलबार तिनाउमा मृत अवस्थामा फेला परेका वालिङ्का नरेश कुवंर र आफूले सँगै लागु ओषध सेवन गरेका पक्राउ पर्ने युवकले बताएका छन् ।
प्रहरीका अनुसार मृतक कुवंर अनुसन्धानका क्रममा शंका लापछि रोकालाई पक्राउ गरिएको थियाे । नीजबाट थप अनुसन्धान जारी रहेको प्रहरीकाे भनाई छ ।






















