तानसेन। तानसेनमा संचालित लक्ष्मी मोटो केयर प्रा.लि.ले महिन्द्राको आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच मोटो केयर प्रा.लि.को औपचारिक सुभारम्भ गरिएको हो ।
नेपालस्थित महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक वितरक अग्नी समूहसंगको सहकार्यमा सेन्टरको सुरुवात गरिएको लक्ष्मी मोटो केयर प्रा.लि.का प्रबन्ध निर्देशक तारा खरेलले बताए ।
विगत सात वर्षदेखि सेवा प्रवाह गर्दै आएको सेन्टरको औपचारिक उद्घाटन गर्दै अग्नी ग्रुप भैरहवाका प्रदेश म्यानेजर विजेश ग्वायमरुले सेन्टरबाट आधुनिक प्रविधिमार्फत सहज रुपमा स्तरीय सेवा प्रदान हुने बताए ।
सर्भिस सेन्टरले सबै महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टियुभी ३००, केयुभी १००, थारलगायतका सवारी भएका ग्राहकका लागि सेवा र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्दै आएको छ ।
तानसेन नगरपालिका ३ होलाङ्गदीमा रहेको सेन्टरबाट पाल्पासंगै गुल्मी,स्याङ्गजा,अर्घाखाची,पर्वत,बाग्लुङ्गलगायतका पहाडी जिल्लाहरुमा सेवा प्रदान हुँदै आएको छ ।जसका कारण सेवा लिन सजिलो भएको सवारी धनीहरुको भनाई छ ।
यस्तै संस्थामा हाल ६० बढीले कामदार रहेको हुँदा स्थानीय स्तरमा रोजगारीको सृजना समेत भएको कामदारहरुको भनाई छ ।




