स्याङ्जामा पहिरोले पुरिएर बालिकाको मृत्यु

पाल्पा। दुई दिनदेखि परेकाे अविरल वर्षाका कारण स्याङ्जाको गल्याङमा १ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया रेखा भट्टराई रहेकाे प्रहरीले जनाएकाे छ । यस्तै  १६ वर्षीय लक्ष्मण भट्टराई घाइते भएका छन्।

गल्याङ नगरपालिका- १०  दुबिनडाँडामा बिहीबार बिहान  घर पछाडिको ढिस्को भत्किँदा घर सहितको गोठमा समेत क्षति पुगेको छ ।

५ जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको समयमा अकस्मात घर पछाडिको ढिस्को भत्किएको थियो ।

घाइतेको गल्याङ नगर अस्पतालमा उपचार  भइरहेको प्रहरीले जनाएकाे छ । यस्तै  गोठमा रहेका २ वटा भैंसी र २ वटा बाख्रा पनि मरेका छन । घर पूर्ण रुपमा क्षति भएको छ । घर क्षति भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया