
तानसेन। पाल्पामा पुनः कोरोना संक्रमित थपिन थालेका छन् । छिमेकी देशहरुमा संक्रमण बढेसंगै देशभर तथा पाल्पामा पनि संक्रमित थपिने क्रम बढेको हो ।
केही महिनादेखि शुन्यमा रहेको पाल्पाको संक्रमणदर पछिल्लो सातादेखि उकालो लागेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल पाल्पामा ४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा पाल्पामा थप एक जनामा संक्रमण पुष्टि भएको पनि डा. गिरीले बताए ।
संक्रमित हुनेमा माथागढी गाउँपालिकाकी महिला रहेकी छन् । पछिल्लो २४ घण्टामा जिल्लाभरमा २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा उनीमा मात्रै संक्रमण देखिएको छ । यस्तै यसअघि पनि थपिएका गरी कुल चारै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको हुँदा होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।