लुम्बिनी प्रदेशमा साेमबारसम्म पानी पर्ने, सर्तकता अपनाउन अनुरोध

  1. पाल्पा। हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, लुम्बिनी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । यस्तै देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा मौसममा बदली आएको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार पहाडी भू-भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer