तिनाउ खोलाले बगाएका एकजना मृत भेटिए

तानसेन।पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ एक जना अझै बेपत्ता छन । प्रहरीका अनुसार जिल्लाको तिनाउ खोलाले बागएर दुईजना भारतीय व्यपत्ता भएका हुन । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका दुईजनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बगाउनेमा भारतको युपि दोहोरिया गोरखपुर बस्ने नन्द कुमार निसाद र शनिकुमार रहेका छन् ।

खोलाले बगाएर बेपत्ता भएका दुवै जनाको खोजी गर्दा निसाद बुटवल १९ लाफा चौरमा मृत अवस्थामा फेला परेका छन् भने अर्का शनिकुमार वेपत्ता नै रहेको प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।

उनीहरु झोलुङ्गे पुल नजिकै खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । भारतबाट ६० जनाको टोली दर्शन गर्न आएकामा दर्शन गरेर खोलामा पौडीन गएका उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer