हुम गैरेको बिरहको तीज(भाग २) सार्वजनिक [भिडियोसहित]

पाल्पा। तिज पर्व नजिकिदै गर्दा बिशाल मुभिज् मार्फत सामाजिक यथार्थ कथामा आधारित तीज गीती कथा बिरहको तिज (भाग २) बजारमा आएको छ ।

चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी, हुम गैरे, जमुना राना, धिरज खत्री, राम परियार, कमला बि.सी र बिमला गैरेको स्वरमा रहेको गीत बजारमा आएको हो ।

गीतमा लय तथा शब्द संकलन हुम गैरेको रहेको छ । चेली र माईती बीचको तीज सम्बन्धि पीडालाई गीती संवादमा समावेश गरिएको सर्जक गैरेले नयाँधारलाई बताए ।

गीतकाे  भिडियोमा पछिल्लो समयका चर्चामा रहेका मोडलहरु धिरज खत्री ,रमा ठकुरी करिष्मा परियार,अनन्त भण्डारी,दिपक लामिछाने, विनोद कंडेल र सिर्जना पाण्डेको अभिनय रहेको छ।

गैरे स्वयमले निर्देशन तथा सम्पादन रहेको गीतको भिडियो कृष्ण केसीले छायांकन गरेका छन् भने भिडियोको निर्माण नियन्त्रण देश राईले गरेका हुन् ।

तीज गीतमा मौतिकता हराउदै गएको अवस्थामा यो मौलिक र चेलीको पीडालाई गीती कथा बनाएर सार्वजनिक गरेको हुँदा सबैको मन जित्ने अपेक्षा रहेको गायक ईन्द्र जिसीले बताए ।

हेर्नुहोस गीतको भिडियोः

तपाईको प्रतिक्रिया