ढुङ्गासहितको पहिरोले तानसेन-बुटवल सडक अवरुद्ध

तानसेन। ढुङ्गासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको  तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।
हिजोदेखी परेको पानीका कारण पहिरो खसेपछी आज दिउसो सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकाको नाग मन्दिर र सिद्धबाबा नजिक खसेको पहिरोले सडक अवरुद्ध भएको हो।
पानी पर्न रोकिएपछि ढुङ्गासहितको पहिरो खसेको प्रहरीले जनाएको छ। दोभान प्रहरी चौकीका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालयसङ्ग समन्वय भएको छ ।
हाल दुवै तर्फका सवारी आवागमन बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् । ढुङ्गासहितको पहिरो खस्ने क्रम रहेको हुँदा पहिरो हटाउन समस्या भएको प्रहरीले जानकारी दिएको छ।
यता सिद्दार्थ राजमार्गकै बर्तुङ्ग राम्दी खण्ड तथा तानसेन तम्घास साडक खण्डमा पनि पहिरो खसेर सडक अवरुद्ध भएकोमा हालका लागि एकतर्फी रूपमा खुलाइएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer