तानसेन। नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् ।
शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।
पाल्पा क्षेत्र नं. २ का संघीय सांसद रहेका पाण्डेलाई यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको उक्त पार्टीले जनाएको छ ।