रिब्दीकोट बन्यो पूर्ण खोप सुनिश्चित गाउँपालिका

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ। शनिबार एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चिततागाउापालिका घोषणा गरिएको हो ।

पालिका भित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकाले पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले प्रमाण पत्र हस्तान्तरण गर्दै जिल्लाका अधिकांश स्थानीय तहले पूर्ण खोप सुनिश्चितता गरेको बताए। डा. गिरीले बाल बालिकाले पाउने खोप समयमा पाएको हुँदा अब जिल्लालाई नै पूर्णखोप जिल्ला घोषणा गर्ने तयारी स्वास्थ्य कार्यालयलको रहेको बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले जानकारी दिए । उक्त पालिकामा जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित भएको संयोजन अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष नरायण बहादुर कार्कीले गाउँपालिका घोषणाले एउटा एजेण्डा पुरा भएकाे र अब छिट्टै   पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ अघि बढेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय उपप्रमुख काशिका गैरे ज्ञवाली,रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीलगायतले सुनिश्चितता हुनु मात्रै पूर्णता नभएको बताएदै यसलाई निरन्तरता दिँदै सेवालाई प्रभावकारी बनाउनु पर्ने बताएका थिए ।

 

सोही अवसरमा लामो समयदेखि काम गर्ने स्वय्मसेवीकालाई बिदाई पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer