प्रेस युनियनको सचिवमा पाल्पाका अर्यालले उम्मेद्वारी दिने

पाल्पा। आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको ९ औं केन्द्रीय महाधिवेशनमा सचिव पदमा पाल्पाली पत्रकार माधव अर्यालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले नयाँधारसंगको कुराकानीमा आसन्न महाधिवेशनमा सचिव तर्फको खुल्ला पदमा उम्मेदवारी दिने जनाएका हुन् ।

लामो समयदेखि युनियनको केन्द्रीय सदस्य पदमा रहेका अर्यालले युनियनको सृदृढीकरण र विविध समस्याबाट गुज्रिदै आएका मिडियाको उत्थानसंगै पत्रकारहरुको संरक्षणका लागि सचिव पदमा उम्मेदवारी दिने जनाएका छन् ।

दुई दशकदेखि व्यवसायिक पत्रकारितामा संलग्न रहेका अर्याल हाल कान्तिपुर दैनिकको उप सम्पादक पदमा रहेर पाल्पाबाट पत्रकारिता गर्दै आएका छन् ।

तीन वर्षे कार्यकाल हुने युनियनको आठौं महादिवेशनमा अर्यातल केन्द्रीय सदस्यमा चयन भएका थिए । उनले सञ्चार गृह र समग्र पत्रकारिताको हितमा काम प्रतिवद्धता जनाउदै अधिवेशनबाट आफूलाई निर्वाचित बनाउन आग्रह समेत गरेका छन् ।

आगामी महाधिवेशनका लागि मनोनितबाहेक देशभरबाट एक हजार ६ सय २० प्रतिनिधि चयन भएको नेपाल प्रेस युनियनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको