गुल्मीमा जीप दुर्घटना, ६ जना घाइते

तानसेन। गुल्मीमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम तम्घासबाट इस्मा तर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको डबल क्याप जीप रेसुङ्गा नगरपालिका वडा नं.–४ मसिनापोखरी नजिकै दुर्घटना हुँदा इस्मा गाउँपालिका वडा नं.–४ निवासी ५८ वर्षका लेकबहादुर पल्ली, सोही स्थानका ५९ वर्षका रुद्रबहादुर पल्ली, ५९ वर्षकी नर्मती घिमिरे, ६८ वर्षका ज्ञानबहादुर बस्नेत, ५६ वर्षकारिकबहादुर दर्लामी, ५८ वर्षका केशबहादुर पल्ली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नर्मती र केशबहादुरलाई थप उपचारको लागि पाल्पा ल्याइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer