तानसेन । वर्षाका कारण पाल्पाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वातावरणीय मुल्यांकन बिना खनिएका सडकहरुमा पहिरो खसेपछि सदरमुकासंगको सम्पर्क पनि टुटेको छ ।
विगतका वर्षको तुलनामा यो वर्ष कम पानी परे पनि ग्रामीण भेगका कच्ची सडकहरु भासिने पहिरो जाने जस्ता समस्याले देखिएको स्थानीयले बताएका छन् ।
जिल्लाका सबजसो स्थानीय तहका कच्ची सडकमा पहिरा खसे पनि पहिरो पन्छाउने तर्फ स्थानीय तहले चासो नदिएको स्थानीयको गुनासो छ। खासगरी गाउँका बस्तीमा बुढाबुढी र केटाकेटी मात्रै बसोबास गर्दै आएको हुँदा स्वास्थ्य उपचार र अन्य सेवा लिन स्थानीय तहको केन्द्र तथा सदरमुकामसम्म पुग्ने सडक नहुँदा सास्ती भएको बगनासकाली ४ खानीछापका डोलराज गैरेले बताए ।
“गाउँमा युवा पुस्ता बस्दैनन, केही समस्या पर्यौ भने एम्बुलेन्स पनि चल्न सक्दैन अनि कसरी हामीले स्थानीय सरकारक आएको महशुस गर्ने।” गैरले भने।
गेरै जस्तै जिल्लाका ८१ मध्ये ४० बढी वडाका नागरिको गुनासो उही छ। अव्यवस्थित रूपमा डोजरको प्रयोग र मनसुन सुरु भएपछि भुक्तानीका लागि गरिने कामले गर्दा वर्षेनी यस्तो समस्या देखिदै आएको जिल्लाबासीको गुनासो छ ।
उता हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँगाउँमा विकास र समृद्धि का नारा बाढेका जनप्रतिनिध भने यो कुरामा मौन रहेका छन् ।
जनताका घर पुग्दा आफूले भोगेको सास्तीलाई समेत निर्वाचित भएपछि भुलेको आरोप स्थानीयले लगाएका छन् ।
पाल्पा बासीको गुनासो छ । सडकमा डोजर मात्र लगाउने र ढल तथा नालीको उचित व्यवस्थापन गर्नेतर्फ चासो नदिदा यो ससमस्या बढ्दो क्रममा रहेकाे पनि स्थानीयको गुनासो छ ।