पाल्पा। पाल्पाको तानसेन नगरपालिकाले विद्यतिय प्रणलीमार्फत सेवा शुल्क बुझाउने प्रविधि संचालनम ल्याएको छ । नगरपालिकाले जिल्लामै पहिलो पटक सेवाग्राहीले कार्यालयमै धानुपर्ने बाध्यताको अन्त्य गरी सहज रुपमा कर बुझाउन ई-पेमेन्ट प्रणाली सुरु गरेको हो ।
ई-पेमेन्ट सेवा सूरु भएपछि नगरबासीले वार्षिक रुपमा तिर्नुपर्ने कर घरमै बसेर भूक्तानी गर्न सक्ने नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए ।
यस्तै विभिन्न शिर्षकमा तिर्नुपर्ने करका लागि समय र अतिरिक्त खर्च गर्नुपर्ने झन्झट पनि हटेको तानसेन नगरपालिकाले जनाएको छ। नागरिकलाई सहजता र समय अनुसारको प्रविधि प्रयोग मार्फत सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्न नगरपालिका लागि परेको सूचना प्रविधि अधिकृत प्रकाश गैरेले जानकारी दिए ।
ई-पेमेन्टबाट तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताहरुले सम्पत्ति तथा भूमीकर र व्यवसाय कर साथै अन्य करहरु अनलाइनबाट बुझाउन सक्ने नगरपालिकाले जनाएको छ ।
कर भुक्तानी प्रणालीबाट करदाताहरुले आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट घरमै बसेर कनेक्ट आइपिएस ,खल्ती , प्रभु पे र आइ एमी पे जस्ता अनलाइन भुक्तानीको मध्यमबाट कर तिर्नसकिने नगरपालिकाकाले जनाएको छ ।
नगरपालिकाको एकीकृत कर प्रणालीमा दार्ता भएका करदाताले आफ्नो कर आइडी लिदा फोन नं. र इमेल आइडी एक पटक रजिस्ट्रेसन गरि नगरपालिकाको अनलाइन कर दाता पोर्टलमा दर्ता गर्न सक्ने र उक्त फोनमा करदाता प्रमाणिकरण र इमेलमा कर तिरेको बिल समेत प्राप्त व्यवस्था नगरपालिकाले गरेको छ ।

