पाल्पाका आधाबढी उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्

तानसेन। पाल्पाका आधा भन्दाबढी उम्मेदवारले समयमा चुनावी खर्च विवरण बुझाएनन् । हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचन जिल्लाका एक हजार ७२ जना उम्मेदवार मध्ये ५१७ जनाले मात्रै समयमा चुनावी खर्च विवरण बुझाएका हुन् ।

निर्वाचन आयोगले ताके बमोजिम निर्वाचन सम्पन्न भएको एक महनिाभित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान रहेको भएपनि समयमा आधाभन्दा कम अर्थात कुल संख्याको ४८.२२ (५५५) जनाले खर्च विवरण नबुझाएका हुन् ।

जिल्ला निार्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालका अनुसार जिल्लाका नौ स्थानीय तहका उम्मेदवारले असार ५ गते तथा रम्भा गाउँपालिकाका उम्मेदवारले असार ९ गतेभित्र खर्च विवरण बुझाउनु पर्ने भएपनि सो समयमा खर्च विवरण केही स्थानीय तहका कुनै पनि उम्मेदवारले खर्च विवरण नबुझाएको र केहीले आधा भन्दा कम उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

प्रमुख अर्यालका अनुसार समयावधिभित्र तिनाउ गाउँपालिकाका कुनै पनि उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् । यस्तै तानसेन नगरपालिकाका ९७ जना, निस्दीका ३३, पूर्वखोलाका ३२, माथागढीका ५८, बगनासकालीका ६८, रम्भाका ८, रामपुरका ९३, रिब्दीकोटका ५३, तथा रैनादेवी छहरा गाउँपालिकाका ७५ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका हुन् ।

आयोगले तोकेको समयावधि सकिएपछि पनि खर्च एक सय २२ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । असारको २३ गते तिनाउ गाउँपालिकाका ३२ जना तथा २४ गते अन्य स्थानीय तहका ९० जना उम्मेदवारले खर्च विवरण बुझाएका हुन् ।

जिल्लामा हालसम्म करिब ६० प्रतिशत उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको र बाकी उम्मेदवाले विवरण बुझाउन बेवास्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer