
पाल्पा । पाल्पामा एक बृद्धा मृत फेला परेकी छिन् । रिब्दीकोट गाउँपालिका –५ कुसुमखोलामा शुक्रबार बेलुका ७८ वर्षीया बृद्धा मृत फेला परेकी हुन् । स्थानीयले बृद्धालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका छन् ।
प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । बृद्धाको हत्या गरिएको आशंका प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरीक्षक विरेन्द्र थापाले नयाँधारसँग भने, ‘बृद्धालाई कसैले हिर्काएर मारेको भनेर स्थानीयले भनेका छन् । हामी घटनास्थलमा आईपुगेका छौं, अब विस्तृत अनुसन्धान गर्दैछौं ।’
विस्तृत जानकारी आउन बाँकी