बीमाकाे सेवा लिन बिरामी स्वयम् उपस्थित हुनुपर्ने

तानसेन। पाल्पा अस्पतालले स्वास्थ्य बीमाको सुविधा लिन बिरामी स्वयम् उपस्थित हुनुपर्ने जनाएको छ। अस्पताल विकास समितिले एक सूचना जारी गर्दै स्वास्थ्य बीमाको सुविधा लिन बिरामी स्वयम उपस्थित हुनु पर्ने जनाएको हो ।

अस्पताल विकास समितिको यही असार २७ गते बसेको बैठकले स्वास्थ्य बीमा अन्तरगतका सेवाहरु चेकजाँच, औषधि, रेफर, परामर्श इत्यादिमा बिरामी स्वयमको उपस्थित नभए सेवा नदिने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए ।

स्वास्थ्य बीमा अन्तरगत रेफर लिएर अन्य अस्पतालमा जाने बिरामीको संख्या बढेको र अन्य व्यक्तिबाट रेफर दिँदा वास्तबिक बिरामीले सास्ती खेप्नु परेको हुँदा नयाँ निर्णय गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

पछिल्लो समय स्वास्थ्य बीमामार्फत उपचार गराउदा सेवा लिनका लागि सास्ती खेप्दै आएका बिरामीका लागि अस्पतालमै उपचारको व्यवस्था गर्ने तथा थप उपचारका लागि मात्र अन्य अस्पतालमा पठाउने गरी कार्य भएको अस्पतालकी प्रमुख डा.रजिता कुमारी महतोले बताईन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको