तानसेन। पाल्पामा तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं.–६, माथिल्लो कुनसरेका बालक रहेको प्रहरीले जनाएको छ ।
उनले सोही वडाकी बालिकालाई करेसाबारीमा लगि करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार बालिकाको आमाले प्रहरीमा जानकारी गराए लगत्तै बालकलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको छ । घटना आइतबार बिहान ७ भएको थियो ।