रामपुरकाे भुजातमा १७ देखि २७ गतेसम्म शिव पुराण तथा पर्यटन महोत्सव हुने

पाल्पा। रामपुरस्थित सिद्धबाबा धाममा साउन १७ देखि २७ गतेसम्म शिव  पुराण तथा पर्यटन महोत्सव हुने भएकाे छ ।
बुधबार सिद्धाबाबा धाम भुजातमा बसेकाे भेलाले महाेत्सव गर्ने  निर्णय गरेकाे हो ।

भेलाका प्रमुख अतिथि कालीगण्डकी तिर्थ क्षेत्र नेपालका अध्यक्ष  नवीन  पाण्डेले कालीगण्डकी हाम्रो सभ्यता सम्पदा र धरोहर रहेकाे बताउदै  यसको संरक्षण सम्बर्द्धन गर्दै लानु महाेत्सवले टेवा पुग्ने बताए ।

भेलामा सहभागिहरूले कालीगण्डकीका किनारमा थुप्रै धार्मिक स्थलहरु रहेको बताउदै उचित प्रचार गरी पर्यटनसङ्ग जोड्ने  कालीगण्डकीकाे सभ्यता बचाउन पनि स्नुथानीय लाग्नु पर्नेमा जाेड दिएका थिए ।

यसैबीच भेलाबाट बाबुराम अर्यालको सम्योजकत्वमा ८१ सदस्यीय महाेत्सव मुल आयोजक तयारी समिति गठन पनि गरिएको छ । जसको सह सम्योजक हरि प्रसाद अधिकारी सचिव पिताम्बर बस्याल सह सचिव शिब प्रसाद अधिकारी र कोषाध्यक्ष बिश्व नाथ भट्टराई रहेका छन् ।

यस्तै उपसमिति  अन्तरगत  प्रचार प्रसार तथा अतिथि सत्कार संयाेजक त्रिलोचन अधिकारी , मञ्च व्यवस्थापन प्रकाश अधिकारी , भान्सा व्यवस्थापन संयाेजक भगवान अधिकारी, स्वास्थ्य संयाेजकमा  शुभाश अधिकारी , स्वयंसेवक संयाेजकमा  बिश्व भट्टराई , धारापानी बिजुली, अन्य व्यवस्थापन संयोजक बिष्णुप्रसाद पोखरेल रहेका छन्।

भेलामा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि , संघ संस्था , समूह क्लव स्थानीयबासीको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया