नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु

काठमाडाैं।नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेसंगै महाधिवेशनको अाैपचारिक सुरूवात भएकाे हाे ।

८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै अन्य पदमा पनि प्यनलसिहत नै दुइ पक्षबाट उम्मेदवारी रहेकाे छ ।

आजदेखि  सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया