
तानसेन। तानसेन–रिडी सडकखण्ड अन्तर्गत लघुवामा आइतवार दिउँसो यात्रुबहाक बस दुर्घटना भएको छ । गुल्मी सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका – २ लघुवामा सडकबाट तल खसेको छ ।
दुर्घटनामा मानवीय क्षति भएको हुनसक्ने प्रहरीको आँकलन छ । प्रहरी टोली घटनास्थमा पुगेर उद्धारकार्य गरिरहेको र विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
रिब्दीकोट २ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले आफू घटनास्थलमा रहेको र केही यात्रुको शब फेला परेको बताए । कतिको मृत्यु र कति घाइते भन्न सक्ने अवस्था नरहेको बताउँदै उद्धारको कार्य चलिरहेको उनले बताए ।