
पाल्पा । तानसेन रिडी सडकखण्ड अन्तर्गत लघुवामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ लघुवामा आईतबार बेलुका गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै १७ जनाको उद्दार गरिएको । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन् । मृतकको पहिचान खुलेको छैन् । घाइतेलाई उपचारको लागि तानसेन ल्याइएको छ । बस सडकबाट २०० मिटर तल खसेको हो ।