पाल्पा दुर्घटना अपडेटःसबै घाइतको सनाखत, मृतकको पहिचान हुन बाकी

तानसेन। तानसेन रिडी सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका –२, लघुवामा भएको बस दुर्घटनाका सबै घाइतेको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुई जना बालकसहित १६ जना घाइतेको सनाखत भएको हो ।

घाइते हुनेमा सवारी चालक रुपन्देहीको कन्चन गाउँपालिका५ बस्ने ३३ वर्षीय किसन श्रीष रहेका छन् ।

यस्तै रुपन्देही बडीघाट गाउँपालिका १० निगलपानि बस्ने १८ वर्षीय सिजन थापा, रुपन्देही कालीकानगर नगरपालिका ११ बस्ने ५७ वर्षीय गोबिन्द थापा, गुल्मीको चन्द्रकोट गाउँपालिका मझुवा बस्ने २१ वर्षीय रचना सुवेदी, सोही सथानकी १८ वर्षीया प्रीयङ्का काफ्ले, बस्ने ६ वर्षीया रिया सुवेदी, ३१ वर्षीय चन्द्र बहादुर कामी रहेका छन् ।

यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका २ बस्ने ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मीकाे सत्यवती गाउँपालिका ६ खैरेनी बस्ने ३५ वर्षीय छविलाल ढकाल, नवलपरासीको बर्दघाट नगरपालिका कुकुरमागरा बस्ने ५६ वर्षीय अम्मरे कामी, गुल्मीको सत्यवती गाउँपालिका ६ खैरेनी बस्ने १५ वर्षीय पुजन ढकाल, बाग्लुङको पाटन नगरपालिका १ बस्ने ३० वर्षीय टेकलाल रसाईली, रौतहट विरेन्द्रवन ७ बस्ने २८ वर्षीय सन्जय कुमार ठाकुर, म्याग्दीको रुमा गाउँपालिका २ बस्ने ४ वर्षीय विस्वास रोका सोही सथानका ३९ वर्षीया सुमित्रा रोका तथा रुपन्देहीको देवदह नगरपालिका ७ बस्ने ६१ वर्षीय खडक बहादुर विक रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुमीत्रा रोका र टेक बहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट खसेको थियो । यस्तै दुर्घटनामा परी मृत्यु हुने ६ जनाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया