तिनाउ खोलामा महिलाको शव फेला, पहिचान हुन बाकी

तानसेन। पाल्पामा एक महिलाको शव फेला परको प्रहरीले जनाएको छ। जिल्लाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित तिनाउ खोलामा पहिचान नखुलेकी महिलाको शब फेला परेको हो ।

सोमबार बेलुकी ६ बजेतिर अन्दाजी ३३/३४ वर्षकी महिलाको शव तिनाउ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव फेला परेकी महिला चार फिट नौँ इन्च अग्ली, कालो वर्णकी, कुर्ता सरुवाल लगाएकी रहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer