तानसेन। पाल्पामा एक महिलाको शव फेला परको प्रहरीले जनाएको छ। जिल्लाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित तिनाउ खोलामा पहिचान नखुलेकी महिलाको शब फेला परेको हो ।
सोमबार बेलुकी ६ बजेतिर अन्दाजी ३३/३४ वर्षकी महिलाको शव तिनाउ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शव फेला परेकी महिला चार फिट नौँ इन्च अग्ली, कालो वर्णकी, कुर्ता सरुवाल लगाएकी रहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।