आगामी तीन दिनसम्म देशभर पानी पर्ने

काठमाडाैं।आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय रहेकाले आइतबारसम्म देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबारसम्म बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षासंगै बाढी पहिरो तथा डुवानको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको