तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले बाल यौन दुरुपयोगको आरोपमा एक जना वृद्धालाई पक्राउ गरेको छ ।

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ६, जुठापौवाका ६२ वर्षीय सोमान सिंह बलाललाई पाँच वर्षीया बालिका यौन दराचार गरेको आरोपकमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषले दुई दिनअघि पीडित बालिकाको घरमा पुगेर बालिकालाई यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया