नेकपा एसकाे बिस्तारीत बैठक सम्मपन्न

तानसेन। नेकपा (एकिकृत समाजबादी) जिल्ला कमिटि पाल्पाकाे विस्तारित बैठक तथा प्रशिक्षण शनिबार तानसेनमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज नेकपाएसका सचिव भागवत बिश्वासीले समसामयिक राजनीति, बर्तमान अवस्था र पार्टी नेता तथा कार्यकर्ताको कार्यभारका चर्चा गर्दै अनुशासित नेता र कार्यकर्ताको बलले मात्र पार्टी चलाएमान हुने बताए ।

यस्तै नेकपा एस लुम्बिनी प्रदेश कमिटि अध्यक्ष तथा पोलिट्ब्युरो सदस्य सोमप्रसाद पाण्डेले आगामी निर्वाचन र सोको तयारीका बारेमा चर्चा गरेका थिए । यस्तै केन्द्रीय कमिटि सदस्य तथा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे , केन्द्रीय कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमा घर्ती, केन्द्रीय कमिटि सदस्य यादव ब. रायमाझी लगायतका नेताहरूको प्रशिक्षणात्मक भनाइ राखेकी थिइन्।

बैठकले प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन, जिल्लाको राजनैतिक शक्ति सन्तुलन, पार्टी बिस्तार , जनबर्गीय संगठन, मोर्चा सङ्गठन सुदृढीकरण र प्रशिक्षणसहितको ३ महिने अभियानका बारेमा छलफल गरी तयारीसहितको योजना बनाएको साे पार्टीले जनाएकाे छ । कार्यक्रममा साबिक नेकपा एमाले जिल्ला कमिटि सदस्य सर्बजीत बिक, क्रान्तिकारी माओबादीका अर्जुन परियार र माधव गिरी नेकपा एसमा प्रवेश गरेका थिए ।

कार्यक्रमको अध्यक्षता – नेकपा एस जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को अध्यक्षता र सञ्चालन सचिव मोहन गैरे र स्वागत उपसचिव कमल सेनले गर्नु भएको प्रचार विभाग संयाेजक पदम गैरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया