काठमाडाैं।नेपाली हर्ट समूह काठमाडौंले मृगौला फेल भएर उपचार गर्न समस्यामा परेकोलाई नगद सहयोग गरेको छ । उक्त संस्थाले मानव सेवा अन्तरगत एक लाख बराबरको रकम सहयोग गरेको हो ।
काठमाडौंको चोभारमा नेपाली हर्ट ग्रुप काठमाडौं समितिले एक कार्यक्रमबा त्रीच सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुर स्थायी घर भएका ४६ वर्षीय बाबुराम कार्कीलाई एक लाख १ हजार सहयोग गरेको अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।
यस्तै सोही बखत सेवा नै धर्म हो भन्ने उदेश्य राखेर दुःखमा परेका देशभरका दाजुभाई तथा दिदीबहिनीहरु लाई जस्तो सुकै समस्या परेको बेला सहयोग गर्ने नेपाली हर्ट गुरुपका आजिवन केन्द्रीय सदस्य तथा काठमाडौं कार्यसमिति सदस्य पितम्बर पोखरेल बताए ।
यो रकम संस्थामा आवद्य ५३ जना बढिले सदस्यबाट संकलन गरी हस्तान्तरण गरेको उक्त संस्थाले जनाएको छ । हाल काठमाडौंमा बस्दै आएका पोखरेलको स्थानीय घर पाल्पाको रिब्दिकोटमा रहेको छ ।
देशका विभिन्न स्थानबाट संघीय राजधानी काठमाडौंमा व्यवसाय गर्ने मनकारीहरुले यस्ता संस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् ।




