तानसेन। पाल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार थप १७ जनामा संक्रमण देखिएसंगै सक्रिय संक्रमितको संख्या ७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो २४ घण्टामा ४ पुरुष तथा १३ महिलामा संक्रमण देखिएको हो ।

पीसिआर र एन्टिजेन विधिबाट गरी ५५ जनाको नमूना परीक्षण गर्दा उक्त माथामा संत्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमित भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया