तानसेन। पाल्पामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय पाल्पाले सार्वजविक गरेको पछिल्लो तथ्यांक अनुसार एक जनाको पीसिआर तथा ४० जनाको एन्टिजेन विधिबाट गरिएको नमूना परीक्षणमा तीन जना पुरुष तथा ९ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका ३।३ जना, बगनासकाली गाउँपालिकाका दुई जना तथा रामपुर नगरपालिकासहित रम्भा, तिनाउ र माथागढी गाउँपालिाभित्रका १।१ जना रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १० जना संक्रमित भने संक्रमणमुक्त भएका छन् । संक्रमण भएर घरमै बस्दै आएका ७ जना महिला तथा ३ जना पुरुष संक्रमणमुक्त भएको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो पटक थपिएका संक्रमितसंगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ८९ पुगेको छ ।
उनीहरुमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको तथा अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हेर्नुहोस पछिल्लो तथ्यांक: