बेलुकादेखि पूर्वमा कम पानी पर्ने

पाल्पा। केहीदिनदेखि निरन्तर परेकाे वर्षा आज साँझदेखि कम हुने भएकाे छ । हिजो अस्तीको तुलनामा पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेकाे हाे ।

पूर्वकाे तुलनामा पश्चिमतिर भने एक-दुई दिन बढी पानी पर्ने छ ।

मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । जसका कारण मनसुनी न्यून चापीय रेखा अब दक्षिणतिर सर्ने र आज साँझबाट वर्षा केही कम हुने अनुमान छ । तर पश्चिमतिर भने अघिल्ला दिनको तुलनामा एक/दुई दिन अलि धेरै पानी पर्ने उनले बताइन् ।

 जसका कारण आज बिहानसम्म पनि पूर्वको तुलनामा पश्चिममा बढी पानी परिरहेको देखिएको उनले बताइन् ।

बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रका स्थानमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १ र मधेश प्रदेशमा भने एक-दुई स्थानमा मात्र पानी परिरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया