पाल्पा। कारीतास नेपाल पाल्पाले जिल्लास्थित सरोकारवाला निकायसंग परियोजना परिचयात्मक तथा समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
सि आर यस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कारीतास नेपाल पाल्पाले तानसेन नगरपालिका, रिब्दीकोट र बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिसहित सराेकारवालसंग छलफल गरेकाे हाे ।
संस्थाले मुख्य रुपमा विपद्का समयमा आपतकालिन राहत,पृर्ननिर्माण पुर्नलाभ तथा कृषि क्षेत्रमा काम गदै आएको कारीतास नेपाल पाल्पाका कार्यक्रम संयोजक हरिस सिंह कुवंरले बताएका थिए ।
यस्तै संस्थाको पृष्ठभुमी, तथा पाल्पा जिल्लामा संचालित परियोजनाका मुख्य रणनीतिक उदेश्य बताउदै कार्यक्रम संयोजक हरिस सिंह कुवंरले जिल्लामा हाल,तानसेन नगरपालिका ,रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकामा कार्यक्रम संचालन गदै आएको र आगामी दिनमा यसको क्षेत्र फराकिलो पादै लगिने बताए ।
संस्थाले जीविकोपार्जन अन्र्तगतका क्रियाकलापमा कृषकहरुलाई अदुवा र साना व्यवसायहरुलाई सहयोग,क्षमता अभिवृद्वि तालिम,युवाहरुलाई जीविकोपार्जन सम्बन्धी तालिम,प्राविधिक सहयोग तथा उत्पादित वस्तुको बजारीकरण र पूर्वाधारमा सहयोग गदै आएको छ भने कोभिडबाट प्रभावित भई रोजगारी गुमाएका तथा अति विपन्न युवाहरुलाई आर्यआर्जनकाे अवसर प्रदान गरी अनुदान समेत दिएकाे जनाएकाे छ ।
संस्थाले तानसेन नगरपालिकाका १०,१२ र १३ नम्बर वडा बगनासकाली गाउँपालिकाका ७,८ र ९ नम्बर वडा र रिब्दीकोट गाउँपालिकाका ७ र ८ नम्बर वडामा गरी ६०१ जना कृषानहरुलाई अदुवा बीउ वितरण साथै कोभिडका कारण रोजगारी गुमाएका १८ देखि ४० वर्षसम्मका ५४ जना युवाहरुलाई विभिन्न विषयमा व्यवसाय गर्नको लागि सुरुवाती कोष अनुदान स्वरुप १ जना बराबर रु ४०००० का दरले सहयोग गरेको जानकारी दिएको छ ।
संस्थाको १ वर्षको बजेटमा जिविकोपार्जनमा ४६ प्रतिशत,विपद् जोखिम न्युनिकरण्मा २८ प्रतिशत र अन्य गतिविधि जस्तै अनुगमन,समूह बैठकलगायतमा ५ प्रतिशत गरी ७९ प्रतिशत बजेट परियोजनामा तथा २१ प्रतिशत बजेट मात्र कर्मचारी खर्चमा जाने जनाएकाे छ ।
कार्यक्रममा सहभागीले कारीतास नेपाल पाल्पाले जिल्लामा गरेका कामको प्रशंसा गदै,राम्रो काम गरेको हुनाले आउने दिनमा जिल्लाका सबै स्थानीय तहमा काम गर्ने गरी अगाडी बढ्न सुझाव दिएका थिए ।
यस्तै सहभागी किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणको सुनिश्चितता गरिनुपर्ने कुरामा सबैको जोड रहेको थियो ।