
तम्घास। गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएकाे दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरबार गाउँपालिका निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको हाे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले दिएकाे जानकारी अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ आउँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको ट्रक सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र चालकलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।