पाल्पामा जबरजस्ती करणी र आत्महत्याको संख्या बढ्यो,आपराधिक मुद्दामा कमी

तानसेन।पाल्पामा पछिल्लो तीन वर्ष यता अपराधिक मुद्दा दर्ताको संख्यामा कमी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०७६।०७७ देखि २०७८।०७९ सम्मको तथ्याङ्क अनुसार यो अवधिमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका थिए । जसमा ४ सय ६३ वटा मुद्दा फछर्योट भएका र ३ सय १४ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए।

यस्तै आर्थिक वर्ष २०७८।०७९ मा विभिन्न ४१ वटा अपराधिक घटनामा २ सय ४४ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शाहीले बताए ।।आर्थिक वर्ष २०७६।०७७ मा २ सय ७५ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७।०७८ मा २ सय ५८ मुद्दा दर्ता भएका थिए । तीन वर्षको तथ्याड्ढलाई हेर्दा हरेक वर्ष मुद्दा दर्ताको संख्या घटेको हो ।

मुद्दा पर्नेमा अधिंकाश भवितव्य ज्यान, फुटकर ज्यान, विष सेवन, झुण्डिएर मृत्यु भएका मुद्दाहरु रहेका छन् । घटना अनुसार भवितव्य ज्यान र फुटकर ज्यान जानेको अवस्था प्रत्येक वर्ष बढेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आत्महत्या गर्नेको संख्या पुनः बढेको प्रहरीले जनाएको छ । यस्तै जवरजस्ती करणीका घटना भने प्रत्येक बर्ष बढ्दै गएको र मानव बेचविखन, जातिय भेदभाव, बोक्सीको आरोप विस्पोटक पदार्थ, शरीर बन्धक, अपमानजनक व्यवहारमा भने जिल्ला प्रहरी कार्यालय पाल्पामा कुनै उजरी तथा मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण विवरण उहाँ हेर्नुहाेसः

पाल्पाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी अपराधजन्य घटना रामपुर नगरपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा हुँदै आएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । अपराधजन्य घटना न्यूनिकरणका लागि प्रहरी साझेदारी कार्यक्रमसँगै सचेतनाका कार्यक्रमहरु गर्दै आएको डिएसपी थापाले बताए ।

प्रहरीले आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरी थप सचेतनाका कार्यक्रमहरु अगाडि बढाउने भएको छ । जिल्ला प्रहरी कार्यालयले अपराधिक घटना न्यूनिकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम योजना २०७९’ समेत सार्वजनिक गरेको छ ।

उसका लागि चालुआर्थिक वर्षदेखि नै जिल्लाका सबै स्थानीय सरकारहरुसँग समन्वयन गरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउन कार्ययोजना पुस्तक नै निकालेको छ ।

तपाईको प्रतिक्रिया